Sajhamanch Archive

तारा नमस्तेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

Published: in मुख्य समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड ४ मा रहेको तारा नमस्ते बालग्राममा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री र स्कूल ब्याग प्रदान गरिएको छ । सो आश्रममा रहेर विभिन्न विद्यालयमा अध्ययनरत सीमान्तकृत आदिवासी र मधेसी समुदायका बालबालिकाहरूलाई आश्रममा पुगेर निर्माण व्यवसायी संघ झापाले शैक्षिक सामग्री र स्कूल ब्याग हस्तान्तरण गरेको हो ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत, महासचिव ओम पौडेल, कार्यसमिति सदस्य सिताराम ढुङ्गेल, यज्ञनिधि भुर्तेल, लोकेन्द्र श्रेष्ठ, कार्यालय सचिव ज्योति पौडेलले आश्रमका १९ विद्यार्थीलाई संयुक्तरुपमा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत वर्षेनी निर्माण व्यवसायी संघ झापाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउँदै संघका अध्यक्ष मिलन बस्नेतले समाजमा निर्माण व्यसायीलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको दुःखेसो समेत ब्यक्त गरे । संघले विद्यार्थीका लागि आवश्यक सामग्री प्रदान गरेर गुन लगाएको भन्दै आश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेलले संघलाई धन्यवाद दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *