Sajhamanch Archive

एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो

Published: in खेलकुद by .

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ ।

आउँदो चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा प्रतियोगिताको मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् ।

अब च्याम्पियनसिपको नयाँ मिति २०७८ साल वैशाख ४ देखि ८ गतेसम्म हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गल्र्स यु–१७ र भेट्रान युगल ४५ गरि ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शिर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *