Sajhamanch Archive

ललिता निवास परिसरका घर हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छन् ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिएपछि मन्त्रालयले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानून विपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको हो ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेका हुन् । मन्त्री तुम्बाहाङ्फेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले सो जमिनमा निर्माण भइरहेका संचरनाको काम रोक्न निर्देशन दिएपछि पत्राचार गरिएको शाखा अधिकृत भट्टराईले बताए ।

बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *