Sajhamanch Archive

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

Published: in विविधा by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।उनले बैठकमा तीन विषयमा छलफल हुने बताए।

प्रमुख सचेतक भट्टराईका अनुसार शुक्रबारको बैठकमा आगामी बजेटमा विकास निर्माणको योजना निर्माण कसरी गर्ने भन्ने विषयका साथमा समसामयीक रानजीतिक र पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा छलफल हुने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *