Sajhamanch Archive

महालक्ष्मी इन्स्योरेन्स बिमित परिवारको दोस्रो अभिभावक बन्दै

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

बिर्तामोड । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ का रेशम माझीले महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीमा जीवन हेरचाह शीर्षकमा बीमा गरेका थिए । ५ लाख रुपैयाँको बीमा अन्तरगत पहिलो बीमाशुल्क तिरेको १२ दिनपछि नै करेन्ट लागेर उनको मृत्यु भयो । अब उनका श्रीमती र बालबच्चाको हेरचाहको जिम्मा महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीमा सरेको छ ।

बीमा कम्पनीको बिर्तामोड शाखाले यस प्रकारको पहिलो बीमा दावी भुक्तानी गरेको हो । शाखाले हिजो चैत ११ गते ५ लाख रुपैयाँको पहिलो बीमा दाबी भुक्तानी गरेको छ भने अब बच्चाको पढाइ खर्चवापत हरेक ३–३ महिनामा १२ हजार ५०० रुपैयाँ प्रदान गर्ने व्यवस्था रहेको प्रदेश १ का उपक्षेत्रीय प्रबन्धक गुञ्जन थापाले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको उपस्थितिमा पहिलो बीमा दावी भुक्तानी गरिएको थापाले जानकारी दिएका छन् । उनका अनुसार बच्चाको अध्ययन खर्च बीमा अवधी १५ वर्षसम्म नियमित भुक्तानी दिइनेछ भने १५ वर्ष पूरा भएपछि ५ लाख र बोनश थप गरी भुक्तानी दिइने कम्पनीको नियम छ ।

बीमा रकम हस्तान्तरणमा सहभागी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बीमा दाबी रकम भुक्तानी देख्दा वास्तवमै बीमाले आश्रितको दोस्रो अभिभावकको भूमिका निर्वाह गर्ने प्रष्ट भएकाले कम्पनीलाई धन्यवाद दिँदै गाउँबासीलाई बीमा गर्न आग्रह गरे ।

महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी प्रदेश १ का उप क्षेत्रीय प्रबन्धक गुञ्जन थापाले कम्पनीसँग बजारको आवश्यक्ता अनुसारका बीमा योजना रहेको जानकारी गराए । एकपटक थोरै पैसा तिर्दा पनि सम्पूर्ण जोखिम बहन गर्ने र लगानी फिर्ता हुने म्यादी बीमा, बिमाङ्कको ३ गुणासम्म जोखिम बहन गर्ने वार्षिक धनफिर्ता योजनाजस्ता कार्यक्रममा सहभागी हुन उपस्थितहरुलाई उनले आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *