Sajhamanch Archive

भूमि समस्या समाधान विषयक अन्तरक्रिया

Published: (Updated: ) in समाज, स्थानीय तह by .

इटहरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो ।

इटहरीका सवै जनप्रतिनिधि,वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज सावाँले स्थानीय सरकारको काँधमा भूमी सम्वन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको बताए । उनले दु्रत गतिमा काम अघि वढाउनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले भूमी सम्वन्धी समस्या समाधान गरेर सुकुम्वासी विहिन नगर वनाउने सपना साकार वनाउने अवसरलाई सदुपयोग गर्ने बताए । उनले गलत ब्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने समेत सुझाव दिए । उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उदेश्यमाथि प्रष्ट पारेकी थिइन् ।

उनले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्वन्धी समस्या समाधान मूल समिति र वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजिकरण समिति गठन गरिएको जानकारी दिइन् । कार्यक्रममा भूमी सम्वन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईले आयोग गठनको उदेश्य र संवैधानिक कानुनी प्रवन्ध र स्थानीय निकायको दायित्वका वारेमा प्रष्ट पारेका थिए ।

यसैगरी भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासी प्रमाणिकरणका आधारहरुका वारेमा जानकारी गराए । भूमी सम्वन्धी समस्या समाधान आयोग मोरगका अध्यक्ष डिपि साम्पाडले भूमिहिन दलित,भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलन सम्वन्धी कार्यविधिका वारेमा प्रष्ट पारेका थिए । भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका वारेमा जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *