Sajhamanch Archive

सामाजिक विकास मन्त्री राईद्वारा पदभार ग्रहण

Published: in विविधा by .

विराटनगर । विराटनगर सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् ।

प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय विताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनको भनाई थियो । उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन ।’ उनले भनिन्, जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने छु ।

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा उनले फरक तरिकाले काम गर्ने सोच भएको बताइन् । उनले कोरोना संक्रमण पुनः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्ने आग्रह गरिन् । अस्पतालहरुमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाईमा ध्यान केन्द्रीत गर्न आग्रह गर्दै धेरै कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयलाई प्रदेश १ कै उत्कृष्ठ मन्त्रालयका रुपमा अघि बढाउनु पर्नेमा उनको जोड थियो । परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्ति लगायतका बारेमा जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *