Sajhamanch Archive

कमल नगर जेसीजका सदस्यलाई संसदीय बैठक अभ्यासको तालिम

Published: in विविधा by .

कमल । कमल नगर जेसीजले आफ्ना वोर्ड सदस्यलाई संसदीय बैठक अभ्यासको तालिम दिएको छ ।

कमल नगर जेसीजमा आवद्ध वोर्डका सदस्यलाई नेपाल जेसीज बर्ष २०२१ का उपाध्यक्ष जेसी सुनिल तिम्सिनाले तालिमको सहजीकरण गरेका हुन् ।

जेसीजले संसदीय बैठक अभ्यासको तालिम प्रदान गरेर बोडका सदस्यहरुलाई वैठकमा हुने कार्यविधि र छलफलको विषयहरु कसरी उठान गर्ने निष्कषमा पुग्ने भन्ने जानकारी गराएको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी छत्रपति खनाल (गोपाल) बताए ।

तालिममा दमक जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी सुयोग खरेल, गौरादह जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी एकराज घिमिरे, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा, कमलनगर जेसीजका पुर्व अध्यक्ष तथा कमल गाउँपालिका का वाड नं १ का अध्यक्ष जेसी केदार कटुवाल, कमलनगर जेसीज बर्ष २०२१ का निबर्तमान अध्यक्ष जेसी हेम दाहाल लगायत कमलनगर जेसीज्का बोर्ड सदस्य तथा साधारण सदस्य गरी २५ जना ले सहभागी जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *