Sajhamanch Archive

चन्द्रगढी खानेपानीको १८ औं वार्षिक सभा सम्पन्न

Published: in विविधा, समाज by .

भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १८ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत सभा सम्पन्न गरिएको हो ।

समितिका अध्यक्ष अधिकारीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै समिति मार्फत वितरित पानी पिउने पानीको राष्ट्रिय मापदण्ड अनुकुल गुणस्तरीय भएको प्रगति समेत प्रस्तुत गरेका थिए ।

समितिका कोषध्यक्ष राजन आचार्यले वार्षिक आम्दानी १ करोड ५७ लाख २७ हजार ९ सय ७४ रूपैया भएको प्रतिवेदन सार्वजनिक गर्दै १२ लाख ७९ हजार ४ सय ८१ रूपैया खुद नाफाको विवरण पेश गरेका थिए ।

सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगरकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, समितिका संस्थापक अध्यक्ष लेखनाथ निरौला, सचिव जीवनाथ चापागाई, नेकपा एमाले भद्रपुर इन्चार्ज अशारू राजवंशी, नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, समितिका पूर्व अध्यक्ष अम्बरबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्दै समितिको कार्य क्षेत्र विस्तारसितै पानी संकलनका श्रोत कुवा बढाउन सुझाव दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *