Sajhamanch Archive

शिखर शिशु सधनमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

Published: in विविधा by .

भद्रपुर । भद्रपुर २ सोमवारे स्थित शिखर शिशु सधनले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरिएको हो ।

बाल रोग विशेषज्ञ सुवास बस्नेत तथा दन्त रोग परीक्षक लिलिया भट्टराईको टोलीले ११० जना बाल बालिकाको स्वास्थ्य परीक्षण गरी उपचार सेवा प्रदान गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल प्रज्ज्वल खड्का तथा संस्थापक÷सल्लाहकार बसन्तकुमार राईको नेतृत्वमा शिविर सम्पन्न गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *