Sajhamanch Archive

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरेकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।

लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच छलफल हुन सकेको थिएन । केही समयअघि प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया भनेर आरोप लगाएपछि सभामुख पनि प्रधानमन्त्रीसँग रुष्ट भएका थिए ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *