Sajhamanch Archive

दमकका बाल शिक्षिकाले पाउने भए न्यूनतम पारिश्रमिक १३,५००

Published: in शिक्षा, समाज, स्थानीय तह by .

दमक । वर्षौदेखि न्यून पारिश्रमिकका भरमा अध्यापन गराउँदै आएका दमकस्थित बाल विकास केन्द्रका बाल शिक्षिकाहरुले बल्ल सरकारले तोकेको न्यूनतम ज्याला पाउने भएका छन् ।

पछिल्लो समय हालै भएको नगर सभामा नगरका सबै सामुदायिक विद्यालयमा सहयोगी कार्यकर्ताका रुपमा कार्यरत बाल शिक्षिकाहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रस्ताव गरिएको थियो ।

सो सम्बन्धिको प्रस्ताव पारित भएसंगै हालै बसेको नगरपालिकाको बोर्ड बैठकले गत फागुन महिनादेखि नगरका सबै ३९ जना बाल शिक्षिकालाई सरकारले तोकेको न्यूनतम ज्याला मासिक १३ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाकी प्रवक्ता एवं शिक्षा समिति संयोजक गीता अधिकारीले जानकारी दिइन् ।

यस अघि उनीहरुलाई सरकारले ६ हजार रुपैयाँ मासिक तलब तोकेको थियो भने नगरपालिकाले आन्तरिक श्रोतबाट थप गरी ९ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको थियो ।
नगरपालिकाका शिक्षा प्रमुख दिनेश न्यौपानेले नगरका २१ सामुदायिक बिद्यालयमा कूल ३९ वटा बाल बिकास केन्द्र सञ्चालनमा रहेका जानकारी दिए ।

हरेक बाल विकास केन्द्रमा एकरएक जना बाल शिक्षिका कार्यरत छन । सरकारले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन सानै उमेरदेखि सामुदायिक विद्यालयप्रति विश्वास बढाउन बाल विकास केन्द्रको अवधारणा ल्याएको थियो । लामो समयदेखि सामुदायिक विद्यालयमा बाल बिकास विद्यालय जानु पूर्वको सिकाईका लागि आवश्यक कक्षामा भौतिक पूर्वाधार, सिकाई सामाग्री र जनशक्तिको बन्दोबस्ती नहुँदा सरकारको अवधारणा अनुसार लक्ष्य प्राप्ती हुन सकेको थिएन ।

संविधानले नै बिद्यालयलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेसंगै सामुदायिक विद्यालयमा सुधारका संकेतहरु देखा परेको जानकारहरुको बुझाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *