Sajhamanch Archive

नेप महासंघ चुनावः चारका विरुद्ध ११, कसको पल्ला भारी होला !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ कार्यसमितिका लागि पत्रकारजन्य संगठनको प्यानल बनाएर तथा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । चैत १४ गते साँझ ६ बजेसम्म रहेको उम्मेदवारी दर्ता अवधिमा एकजना अध्यक्षका लागि ५ जनाको नामाङ्कन दर्ता गरिएको छ ।

प्रगतिशील व्यावसायिक समूह बनाएर गणेश बस्नेत नेतृत्वको प्रेस चौतारी नेपालले इतिहासमा नै पहिलो महिला उम्मेदवार पाएको छ । प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी हुन्।

महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन्। प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष शर्माले उम्मेदवारी दिएकी हुन्।

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन्।

यसरी नै नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका ११ वटा सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा अध्यक्ष पदमा गजेन्द्र बुढाथोकी, दिपक पाठक र रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष्मा धुव्र लम्साल, रामजी दाहाल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदैछ।

उम्मेदवारको विवरणः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *