Sajhamanch Archive

८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाण्डौ । ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले आज बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ ।

यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोडको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।

यो बिल आउँदो असार १५ गते परिपक्व हुनेछ । यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । यो बिल आउँदो असोज १२ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले गएको चैत ९ गते १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *