Sajhamanch Archive

त्रिदेशीय फुटबल हेर्न प्रधानमन्त्री रंगशाला जाने

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न जाने भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने बताएका छन् ।

प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको उनले बताए । त्रिदेशीय फुटबल अन्तर्गत आज सोमबार नेपाल र बंगलादेशबीच फाइनल खेल हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *