Sajhamanch Archive

नेपाल भारत मैत्री संघ झापामा नयाँ समिति

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

भद्रपुर । नेपाल भारत मैत्री संघ झापाको पद हस्तान्तरण कार्यक्रम भद्रपुरस्थित मारवाडी सेवा समितिको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।

प्रदेश १ का सांसद तथा नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा भदौ ९ गते सम्पन्न पाँचौं मैत्रीसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष हुलासचन्द्र सरियाले पद हस्तान्तरण गरेका हुन् ।

यसअघि निर्वाचित अध्यक्ष प्रदिपमणि रेग्मीलाई निर्वाचन अधिकृत माधब विद्रोहीले पद तथा गोपनयताको शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष रेग्मीले अन्य पदाधिकारी, सदस्यहरु तथा केन्द्रीय प्रतिनिधि र जिल्लाले मनोनित गरेका सल्लाहकारहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि सांसद सरावगी, मैत्री संघ झापाका पूर्व अध्यक्ष भारतेन्दु मल्लिक, संघका निवर्तमान अध्यक्ष सरियालगायतले नवनिर्वाचित अध्यक्ष रेग्मीलगायत अन्य पदाधिकारीहरु, सदस्यहरु तथा केन्द्रीय प्रतिनिधि र जिल्लाले मनोनित गरेका सल्लाहकारहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

पूर्व सचिव रुद्र भुर्तेलले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष सरियाले संघको अन्तिम आय व्यय विवरण जानकारी गराएका थिए ।

नेपाल भारत मैत्री संघकोे पाँचौं मैत्रीसभाले आगामी ३ बर्षे कार्यकालका लागि प्रदिपमणि रेग्मीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा विश्वनाथ श्रेष्ठ, उपाध्यक्षमा यामबहादुर श्रेष्ठ, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा सुष्मा सिन्हा मल्लिक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रुद्र भूर्तेल, रञ्जना शर्मा, शर्मिला अधिकारी र सूर्यप्रसाद सिटौलालाई चयन गरिएको छ ।

मैत्री संघको कार्यसमिति सदस्यहरुमा पदमप्रसाद पोखरेल, कृष्णप्रसाद दाहाल, सुभद्रा सुवेदी, शाहिद हुसैन, निरज पोखरेल, शिला खड्का, राजेश्वर आचार्य, सुभाषरत्न शाक्य, नथुनीप्रसाद साह, प्रदिपकुमार सरावगी, रामुसिंह र अभिशेक ढुङ्गानालाई सर्वसम्मत निर्वाचित गरेको छ ।


मैत्रीसभाले केन्द्रीय सभा सदस्य पदमा भारतेन्दुकुमार मल्लिक, चण्डीप्रसाद पराजुली, ओमप्रकाश सरावगी, राजकुमार पोखरेल, निरज पराजुली, राजदेव साह, पारसनाथ यादव, पवन श्रेष्ठ, लोकनाथ भट्टराई, चन्द्रमणि पौडेल र राधा कार्की लाई निर्वाचित गरेको छ । त्यसैगरी रुद्र भूर्तेल, कौशलराज रेग्मी र इन्द्रकान्त झालाई केन्द्रीय सभा प्रतिनिधिमा मनोनित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *