Sajhamanch Archive

प्रेमिका फकाउन माफी माग्दै एकैरातमा तीन सय होर्डिङ बोर्ड

Published: in विविधा by .

रिसाएकी प्रेमिका फकाउने उनको यस शैलीलाई लिएर त्यहाँका नागरिकहरु चकित भएका छन्।

पुणे पिपरी–चिचवाडका २५ वर्षीय निलेश खेडकरले सौदागर, वाकड र रहतानीमा अवस्थित तीन सय स्थानमा केहिदिन अघि होर्डिङ बोर्ड टाँगेका थिए। त्यसमा ‘शिवाडे, आइ एम सरी’ लेखिएको थियो। उनले ती होडिङ बोर्ड सहरका मुख्य चोकदेखि घरका भित्तासम्म टाँगेका छन्।

यस घटनालाई लिएर हंगामा मच्चिएपछि मनौवैज्ञानिकहरुले ती युवामा मानसिक समस्या भएको हुनसक्ने बताएका छन्। प्रहरीले अनुसन्धानका क्रममा निलेशलाई पक्राउ गरेको थियो। निलेशले आफ्ना साथि आदित्य सिन्देको मदतमा होर्डिङ टाँगेको खुलेको छ ।

निलेशले आफ्नी प्रेमिका रिसाएका कारण उनलाई फकाउन यस्तो कार्य गरेको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *