Sajhamanch Archive

सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ । शिवसताक्षी न.पा. वडा नं. ९ दूधेमा माननीय सांसद एल.पी.साँवा लिम्बू, प्रदेश सांसद झलकसिं दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा उक्त भवन शिलान्यास गरेका हुन् ।

क्याम्पस भवनको प्रारम्भिक चरणमा १८ लाख विनियोनियज बजेटबाट भवन निर्माण सुरु गरिएको हो । माननीय सांसद एल पी साँवा सांसद विकास कोष अन्तर्गत ११ लाख र शिवसताक्षी नगरपालिकाबाट विनियोजित ७ लाख गरी जम्मा १८ लागबाट भवन निर्माण सुरु गरिएको सतासीधाम क्याम्पसका प्राचार्य उमानाथ दाहालले बताए ।

उद्घाटनका क्रममा माननीय सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीमा पहिलो बहुमुखी क्याम्पसले ढिलै भएपनि आफ्नै भवन निर्माण गर्न लागेको बताए । उनले निर्माण कम्पनीलाई मापदण्ड अनुसारकै भवन निर्माण गर्न सुझाएका थिए ।

क्याम्पस २४को तीन तले भवन निर्माण हुने बताइएको छ । नेपाल सरकारबाट वर्षेनी आउने बजेट र स्थानीय स्तरका बुद्धिजिवी, राजनीतिक दल, वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सहयोग र सहभागीतामा भवन निर्माण गर्दै लैजाने प्राचार्य दाहालले जानकारी दिए ।
भवनको प्रारम्भिक कामका लागि शिवसताक्षीको दूधेमा रहेको शवशक्ति निर्माण सेवाले जिम्मा पाएको जनाइएको छ ।
प्राचार्य दाहाले कार्याक्रमको स्वागत र क्याम्पसको बारेमा चर्चा गरेका थिए भने शिक्षक श्रीप्रसाद खरेलले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *