Sajhamanch Archive

फास्ट ट्र्याकको दोस्रो प्याकेज ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकालेको छ ।

उसले अहिलेको खरिद प्रक्रिया रद्द गर्न र सार्वजनिक खरिद नियमावलीअनुसार पुन:प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *