Sajhamanch Archive

सम्पादक काफ्लेसहित चिकित्सक कडेल र नासु पोखरेल पुरस्कृत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले आफ्ना संगठक स्वर्गीय प्रमोद तामाङ्गको स्मृतिमा स्थापित सुशासन पुरस्कार उनको स्मृति दिवसको अवसर पारेर आज वितरण गरेको छ ।

भद्रपुरस्थित मनोज–झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट साझामञ्च डट कम डिजिटल न्यूज पोर्टलका सम्पादक गोपाल काफ्लेलाई दोसल्ला ओढाएर ५ हजार १५१ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

दुई दशकभन्दा लामो अवधिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका काफ्लेले पत्रकारिता पेशालाई मर्यादित बनाउन तथा सुशासन कायम गर्न योगदान गरेकोले पुरस्कृत र सम्मानित गरिएको उनलाई प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

नेपाल निजामति कर्मचारी संगठन झापा र राष्ट्रसेवक सहकारी संस्था भद्रपुरले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट मेची अञ्चल अस्पताल भद्रपुरमा कार्यरत डा. गोविन्द कडेल र जिल्ला हुलाक कार्यालय झापाका नायव सुब्बा अर्जुनप्रसाद पोखरेललाई दोसल्ला ओढाएर जनही १० हजार १५१ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहल, संगठनका केन्द्रीय सदस्य देवी पराजुली, पेशागत महासंघ प्रदेश १ का संयोजक देवराज कार्की, राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले निजामति कर्मचारीहरु तथा तिनको दायित्व र सेवाग्राहीका अपेक्षाका बारेमा बोलेका थिए ।

यस्तै पुरस्कृत व्यक्तित्वहरु पत्रकार गोपाल काफ्ले र डा. गोविन्द कडेलले आफूहरुलाई योग्य छनोट गरी सम्मानित र पुरस्कृत गरेकोमा संगठनलाई आभार व्यक्त गर्दै आ–आफ्नो क्षेत्रमा निष्ठावान रही काम गर्न पुरस्कारले थप प्रेरणा दिएको बताए ।

कार्यक्रमको सञ्चालन संगठनका सचिव तेजप्रसाद रेग्मीले गर्नुभर्एकोे थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *