Sajhamanch Archive

जिल्ला बचत संघमा नयाँ नेतृत्व : अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in सहकारी by .

बिर्तामोड । झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा चैत १८ गते बिर्तामोडमा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिमा उम्मेदवारी दर्ता गर्दा तोकिएको पदमा एक एकजनाको नाममात्र परेकोले सर्वसम्मत नेतृत्व चयन गरिएको घोषणा गरिएको थियो । संघको अध्यक्षमा तात्कालीन उपाध्यक्ष तुलाराम न्यौपाने चयन भएका छन् भने यामकुमार चुडाल सचिवमा सर्वसम्मत भएका छन् ।

संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न नवौं साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको छ भने संघको विधान संशोधन गरिएको छ । संघका उपाध्यक्ष तुलाराम न्यौपानेले शाब्दिक स्वागत गरेको साधारणसभाको सञ्चालन सचिव लीलाप्रसाद भण्डारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *