Sajhamanch Archive

कमलमा वालमैत्री स्थानीय शासन घोषणा गर्ने पहिलो वडालाई १० लाख रुपैया पुरस्कृत गरिने

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपलिका वडा नम्वर २ ले वालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागी सरोकारवालाहरु बीच विहीबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

“कमल गाउँपालिकाको रहर वालमैत्री गाउँ वालमैत्री शहर” भन्ने नाराका साथे २ नम्वर वडा बाट अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।
आगामी आर्थिक वष २०७८ साल फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणा गर्नेगरी तयारी भैरहेको गाउँपालिकाले जनाएको छ ।

कमल गाउँपालिकालाई वालमैत्री स्थानीय शासन घोषणा गर्न सबै वडाको उत्तिकै भुमिका रहन्छ । वालमैत्री स्थानीय शासन घोषणा गर्ने पहिलो वडालाई गाउँपालिकाको विकास बजेट बाट १० लाख रुपैया पुरस्कृत गरिने कमल गाउाँपलिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
राज्यको नीति निर्माण तह सम्म वालबालिकाको पहुँच पु¥याउन न्युनतम मापदण्ड पुरा गर्ने गरी कार्यक्रम सुरु गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधी, स्थानिय टोल विकास सस्थाका प्रतिनिधी, शिक्षक , महिला स्वास्थ्य स्वयमसेविका, वालक्लवका प्रतिनिधी, सहकारी, खानेपनी राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
कार्यमामा उपस्थित सहभागीलाई शुमन ढकालले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *