Sajhamanch Archive

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दुर्गापुरबाट एकजना पक्राउ

Published: in समाज by .

झापा  । झापाको दुर्गापुरबाट आफ्नो संरक्षणमा रहेका नातेदार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले पिडकलाई पक्राउ गरेको हो । बिगत तीनवर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको बालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

लामो समयदेखि यौन हिंसाको शिकार भइरहेकी बालिकाले चैत १६ गते आफन्तलाई घटनाबारे सुनाएकी थिइन् । उनले घटनाका बारेमा जानकारी गराएपछि उनका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि प्रहरीले आरोपितलाई बुधबार पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *