Sajhamanch Archive

कृषि आधुनिकीकरण परियोजना चुलाचुलीमा सार्वजनिक सुनवाई

Published: in अर्थतन्त्र, स्थानीय तह by .

चुलाचुली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम २०७७/०७८ अन्तर्गतको सार्वजनिक सुनवाई गरिएको छ ।

उन्नत धान उत्पादन ब्लक आयोजना समिति र मकै सघन बाली विकास आयोजना समितिको संयुक्त आयोजनामा सार्वजनिक सुनवाई गरिएको हो । कार्यक्रममा दुवै आयोजना मार्फत भएका कृषि कार्यक्रमहरु, कृषि औजार उपकरण वितरण लगायतका विवरण प्रस्तुत गरिएको थियो ।

उन्नत धान उत्पादन ब्लक आयोजनाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम चुलाचुली १, इलाममा अवस्थित रेडक्रस कार्यालय भवनमा गरिएको हो । कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राइ, कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाको सहभागिता थियो ।

उन्नत धान उत्पादन ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराइले कार्यक्रमको सन्चालन गरेका थिए । स्वागत मन्तव्य मकै सघन बाली विकास आयोजनका उपाध्यक्ष बिष्णुमाया सिटौलाले गरेकी थिइन् ।

सार्वजनिक सुनवाई कार्यक्रमको औचित्य बारे उन्नत धान उत्पादन ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराई र मकै सघन बाली विकास आयोजनका सचिव सन्तोष थाम्सुहाङले प्रष्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *