शिवसताक्षीमा भेट्रान कपः चन्द्रगढी सिभिसिको विजयी सुरुवात
Published:
by .शिवसताक्षी । शिवसताक्षीको दुधेमा आज (आइतबारबाट) सञ्चालन भएको १ नम्बर प्रदेश स्तरिय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ ।
ट्राईब्रेकरमा आयोजक दूधे भेट्रान (रातो) लाई ४–३ गोल अन्तरले हराउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका टाइब्रेकर गएको थियो। ट्राइवेकरमा चन्द्रगढी सिभिसीले ४ र आयोजकले तीन गोल मात्र गर्न सफल भयो । विजेता टिमका सुरज गुरुङ, ख्याम पोखरेल, उत्तमकुमार राई र अजय ओरानले गोल गरे ।
खेलको म्यान अफ द म्याचपनि विजयी टिमका गोलकिपर रुपक गुरुङ घोषित भए । शिवसताक्षीको दूधेमा शिवसताक्षी नगरपालिकाको निर्माणाधिन नगर स्तरीय रंगशालालमा आईतबारबाट सुरु भएको प्रतियोगिता चैत्र २८ गतेसम्म हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ । झापा बाहिरका सुनसरीको धरान फुटवल क्लब र इटहरी भेट्रानले सहभागिता जनाउने छ । यस्तै मोरङको बिराटनगर भेट्रान र एभरेष्ट भेट्रानपनि प्रतियोगितामा सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्वाङले बताए । यता, झापाका दमक(लखनपुर भेट्रान, बिर्तामोड, आयोजक दुधेको रातो र निलो, सुरुङा र भद्रपुरले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
प्रतियोगिताको च्याम्पियनले ५५ हजार रुपैयाँ र उपबिजेताले ३१ हजार रुपैयाँ नगदै पुरस्कार पाउने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्टले ३ हजार र मेन अफ दि म्याचका विजेताले १ हजार ५ सय पाउँने आयोजक समितिले जनाएको छ ।
सोमबार पहिलो खेल बिर्तामोड भेट्रान र दमक बीच दिउँसो १ः३० बजे हुनेछ । यस्तै दोस्रो खेल झापाको सुरुंगा भेट्रान र मोरङको बिराटनगर भेट्रान बीच हुने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्बाङले जानकारी दिएका छन् ।
Comments