Sajhamanch Archive

एनएमसीले एपबाटै सदस्य सर्भेक्षण गर्ने

Published: in सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले संस्थाको सदस्य सर्वेक्षण प्रयोजनका लागि नियुक्त गरेका सर्भेयरहरुलाई प्रारम्भिक चरणको तालिम प्रदान गरेको छ ।

भदौ १५ गते शुक्रबार एनएमसी बिर्तामोड कार्यालयमा सम्पन्न सर्भेयर सेवा प्रवेश तालिममा नवनियुक्त तथा संस्थामा कार्यरत ७० जनाको सहभागिता थियो ।

तालिममा संस्थाको सदस्य सर्वेक्षण नीति तथा कार्यविधि बमोजिम तयार गरिएको एनएमसी सर्भे मोबाइल एप्पलीकेशनको जानकारीसहित प्रयोगात्मक अभ्यास गराइएको संस्थाका खोज, अनुसन्धान तथा विकास विभाग प्रमुख नबिन भण्डारीले जानकारी दिए ।

सो तालिममा संस्थाका उपाध्यक्ष तथा कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको सदस्य सर्वेक्षण कार्यक्रमको सम्बन्धमा सैद्धान्तिक छलफल गरेका थिए ।

तालिममा संस्थाका खोज, अनुसन्धान तथा विकास विभाग प्रमुख नबिन भण्डारी, एप डेभलोपमेन्ट कम्पनी क्रिष्टल सोलुसनका रोशन बुढाथोकी र राजु पौडेलले सहजीकरण गरेका थिए ।

एनएमसीका सदस्यहरुको जीवनमा संस्थाले पारेको सकारात्मक प्रभावको मूल्यांकन गर्न संस्थाको रजत वर्षको उपलक्ष्यमा डिजिटल सदस्य सर्वेक्षणको कार्यक्रम सुरु गर्न लागेको हो । वार्षिक रुपमा नियमित सदस्य सर्वेक्षण गरी सदस्यको जीवनस्तरमा आएको परिवर्तनको मापन गरिने उद्देश्य रहेको विभागका प्रमुख भण्डारीले बताएका छन् ।

नेपालमै सम्भवतः पहिलो पटक एनएमसीले सदस्यको सम्पूर्ण वित्तीय, पारिवारिक र जीवनस्तर मापनसँग सम्बन्धित तथ्यांक संकलन गरी जीवनस्तरमा आएको परिवर्तन मापन गर्न वार्षिक २५ लाख रुपैयाँ बजेट विनियोजन गरी प्रभावकारी कार्यान्वयनको प्रक्रिया सुरु गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *