Sajhamanch Archive

नेपाललाई झट्का, सुवास ९ रनमा आउट

Published: in खेलकुद by .

काठमाडौं । एसीसी एसिया कप छनोट खेलको आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ विकेटको क्षतीमा १९ रन बनाएको छ ।

नेपालले ३ ओभरको दोस्रो बलमा नेपालका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेललाई गुमाएको छ ।

सुवास मलेसियाका बलरद्वारा क्याच आउट भएका हुन् । तेस्रो ओभरमा १ विकेट गुमाएको नेपालले ताजा अवस्थामा १९ रन बनाएको छ ।

अहिले अनिललाई साथ दिन ज्ञानेन्द्र मल्ल आएका छन् । नेपालका लागि अनिलकुमार शाह ७ रन बनाएर खेलिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *