Sajhamanch Archive

बिर्तामोडमा युवा तथा खेलकुद विकास समितिको कार्यक्रम सम्पन्न

Published: in खेलकुद, शिक्षा, समाज by .

झापा । बिर्तामोड नगरपालिका वडा नं ५ मा युवा तथा खेलकुद विकास समितिको एक दिवसीय जुनियर कराँते प्रतियोगिता तथा विभिन्न खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

गत माघ २१ बाट आयोजना भएका विभिन्न खेलकुद गतिविधि तथा प्रतियोगिता एवम् महिलाको लागि एक महिने नि : शुल्क सेल्फ डिफेन्स तालिमको समापन तथा सम्मान कार्यक्रम भएको हो ।

बिर्तामोड नगरपालिका ५ नं वडा युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा कराँतेका संस्थापक सदस्य तथा राष्ट्रिय निर्वतमान प्रशिक्षक मदन उप्रेतीलाई कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व महान्याधिवक्ता एवम् पुर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलले सम्मान गरेका थिए । युवा तथा खेलकुद विकास समितिका अध्यक्ष धिमालले कानुनमन्त्री खरेललाई मायाको चिनो प्रदान गरेका थिए ।

विपशा खरेलले सञ्चालन गरेकी कार्यक्रममा झापा जिल्ला समन्यन समितिका प्रमुख सोमनाथ र्पोतेलले शब्दद्वारा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *