Sajhamanch Archive

आर्दश चोकमा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.३ स्थित आर्दश चोकमा दुई दिवसीय महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

आर्दश टोल विकास समितिको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा भएको तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

आर्दश टोल विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक टिकाराम धौरालीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.३ का वडा सदस्य सृष्टि दाहाल रहेकी थिइन् ।

उक्त तालिमको सहजीकरण विजय तिम्सिना, शान्ता अधिकारी र झुमा चुडालले गरेका थिए ।

सो तालिममा प्रशिक्षार्थीहरुलाई कुन कार्यक्रममा कसरी उद्धोषण गर्ने, कसरी सुमधुर बोल्ने, आत्मबल कसरी बढाउने, डरको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।

प्रशिक्षार्थी शिला शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिका वडा नं.३ का वडा सचिव भिम अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *