Sajhamanch Archive

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित

Published: in खेलकुद by .

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले काल्गीरिमाथि १–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन माट्यो डार्मिनले निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको इन्टरले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

डार्मिनले खेलको ७७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै इन्टरले लिगमा ३० खेलबाट ७४ अंक जोडेको छ ।

इन्टरले लिगमा ११ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६३ अंक छ । पराजित काल्गीरि रेलिगेसन जोनमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *