Sajhamanch Archive

दमकका कोरोना संक्रमित बृद्धको मृत्यु

Published: in विविधा by .

झापा । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।

चिनी रोगी वृद्धको उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका वृद्धको शव राती नै आफन्तको जिम्मा लगाइएको उनले बताए ।उनका अनुसार कोसी कोभिड अस्पतालमा हाल २ जना कोरोना सङ्क्रमित उपचाररत छन् । केही दिन अघिसम्म अस्पतालमा विरामी थिएनन् । तर कोरोनाको दोस्रो लहर सुरू भएसँगै विरामी आउन थालेका छन् । दमकमा मात्रै ३६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *