Sajhamanch Archive

सामाजिक विकास मन्त्रालयद्वारा पत्रकार महासंघका नवनिर्वाचितलाई बधाई

Published: in प्रदेश तह, समाज by .

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुलाई बधाई तथा नयाँवर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री उषाकला राई, मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नवनिर्वाचितलाई बधाई ज्ञापन गरेका थिए । बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री राई, सचिव कार्कीले विभिन्न ओहोदामा नवनिर्वाचित पत्रकारहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश १ मा नवनिर्वाचित अध्यक्ष लीलाबल्लभ घिमिरे, निवर्तमान अध्यक्ष विक्रम लुईटेल र मोरङ अध्यक्ष सञ्जीव खनालले सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा पत्रकारको क्षमता विकासलाई समेट्न आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *