Sajhamanch Archive

साम्राज्ञी बनिन् मिस टिन

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, समाज by .

झापा । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिबारीकी साम्राज्ञी शर्माले जितेकी छिन् ।

मंगलबार बिर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन् । उपाधि विजेता शर्माले नगद ५० हजार रुपैयाँसहित ट्रफि पाएकी छन् । उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पनि पाउने छिन् ।

ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न मिस टिन २०२१ प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेका छन् । उनीहरुले क्रमशः नगद् २० र १५ हजारसँगै ट्रफि पाएका आयोजक कम्पनीका म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिए ।

फस्ट रनर अप र सेकेण्ड रनरअप समेतले छात्रबृत्ति पाउने छन् । प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका पुडासैनीले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *