Sajhamanch Archive

भद्रपुरमा व्यक्तिगत घटना दर्ता अभियान शुरु

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ ।

राष्ट्रिय व्यक्तिगत घटना दर्ता दिवसको अवसर पारेर भद्रपुरमा आजदेखि अभियान सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिका वडा नं १० को सभाहलमा आयोजित एक समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठले अभियानको उद्घाटन गरेका छन् ।

व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकोले जन्म, विवाह वा मृत्युको ३५ दिनभित्र आफ्नो वडामा घटना दर्ता गराई आफ्नो अधिकार उपयोग गर्न नगरबासीसँग उनको आग्रह छ ।

अहिले पनि व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता धेरैले नबुझेको, कतिपय बुझेका नागरिकले पनि बेवास्ता गर्दै आएकोले नगरको यथार्थ विवरण अद्यावधिक गर्न केही समस्या रहेको भन्दै जनप्रतिनिधिहरुले यसप्रति सक्रियता देखाउनुपर्ने नगरप्रमुख श्रेष्ठको धारणा छ ।

नयाँवर्ष २०७८ को शुभकामना आदान–प्रदानसहित वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा आयोजित कार्यक्रममा ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, टोल विकास संस्थाका पदाधिकारीहरुले व्यक्तिगत घटना दर्ताका सम्बन्धमा आइपर्ने समस्या र समाधानका उपायहरुका बारे चर्चा गरेका थिए ।

७ नं वडासचिव हिरन्य न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाको पञ्जिकरण शाखाका प्रकाश भट्टराईले गरेका थिए ।व्यक्तिगत घटना दर्ताको यो १६ दिने अभियानमा नगरका विभिन्न स्थानमा प्रचारात्मक घुम्ती शिविरहरु आयोजना गरिने भट्टराईले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *