Sajhamanch Archive

पहिलो पाइला नेपालमा सञ्जयको अध्यक्षतामा कार्यसमिति गठन

Published: in विविधा by .

विर्तामोड । पहिलो पाईला नेपाल बिर्तामोड शाखाको अध्यक्षमा सञ्जय बिस्वकर्मा सर्वससमत चयन भएका छन् ।

झापाको विर्तामोडमा आयोजित संस्थाको चौथो वार्षिक साधारणसभा तथा अधिवेशनबाट बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय समिति घोषणा गरिएको हो ।

समितिमा क्रमश प्रथम उपाध्यक्ष कमल चुडाल, द्वितीय उपाध्यक्ष निर्जन पाठक, सचिव सन्तोष तिमल्सिना, सह सचिव सुनिता ओझा, कोषाध्यक्ष मनिस दाहाल, सदस्य निरुता चापागाईं, सुजता कटुवाल , पुजा धमला, बेनुप खतिवडा, उज्वल घिमिरे रहेका छन् ।

कार्यक्रममा सन्स्थाका निवर्तमान अध्यक्ष मदन ओलीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका निवर्तमान कोषाध्यक्ष बिबेक पोखरेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा यश अघिका कार्यसमितिका पदाधिकारी तथा सम्पुर्ण सल्लाहकार समितिलाई सम्मान समेत गरिएको थियो ।

पहिलो पाईला नेपाल बिर्तामोड शाखाका निवर्तमान अध्यक्ष मदन ओलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर सरकारी महासङ्घ झापा शाखाका अध्यक्ष हरि प्रसाद गौतम, पहिलो पाइला नेपाल केन्द्रिय अध्यक्ष बिजय खड्का, केन्द्रिय महासचिव सुरज गिरि, केन्द्रिय सह सचीव निराजन धमला, प्रकृति फाउन्डेसनका अध्यक्ष मनोज ताम्ली लिम्बु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण जीवन सिंह राजवंशीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *