Sajhamanch Archive

त्रिकोणात्मक टि-२० क्रिकेटमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । त्रिकोणात्मक टि – २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेदरल्याण्ड्स र मलेसिया खेल्दैछन् ।

र्कीर्तिपुर मैदानमा खेल दिउँसो बाह्र बजे सुरु हुनेछ । श्रृङ्खलामा नेदरल्याण्ड्सको यो दोस्रो खेल हो भने मलेसियाको पहिलो खेल हो ।

हिजो भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । नेपालले भोलि मलेसिया र पर्सि नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियासँग नौ गते खेल्नेछ। आठ गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन् । प्रतियोगितामा एक टिमले दुई/दुई खेल खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *