Sajhamanch Archive

तेह्रथुममा जिप दुर्घटनामा चालकको मृत्यु

Published: in समाज, स्थानीय तह by .

तेह्रथुम । तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

गएराति साढे ९ बजे म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाउँपालिका ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भीर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *