Sajhamanch Archive

महिनावारीका बेला महिलाको दिमाग तेज हुन्छ ? मासिक धर्म चक्रका चकित बनाइदिने सकारात्मक पक्ष यस्ता

Published: in स्वास्थ्य by .

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । प्रकृतिको यो कार्यले नै उनीहरुलाई समाजमा महिलाको दर्जा दिएको छ । मानिसको अस्तित्व यसमा नै टिकेको छ भन्दा फरक नपर्ला ।

महिनावारी अघि र भइरहेका बेला महिलाको शरिरभित्र लडाईं चलिरहेको हुन्छ । यतिबेला महिलाको व्यवहारमा अत्यधिक परिवर्तन देख्न सकिन्छ ।

इजिप्टदेखि ग्रिसका दार्शनिकको मान्यता अनुसार हरेक महिना महिलाको मनमा यौन इच्छा जाग्छ, जब यो पूरा हुँदैन तब उनको शरिरबाट रक्तश्राव सुरु हुन्छ ।

यो सही हो कि महिनावारी सुरु हुनु अघि महिलाको मूडमा परिवर्तन आउँछ । उनीहरु सानो कुरामा पनि रिसाउने, झर्कने र चिड्चिड् हुने गर्छन् । शरिरको कुनै न कुनै भागमा पीडा हुनथाल्छ । यी कैफियतले इशारा गर्छन् कि अब केही समयमा नै रक्तश्राव सुरु हुँदैछ ।

तर यस्ता कैफियत सबै महिलालाई हुन्छन् भन्ने होइन । केही महिलालाई अत्यधिक पीडा हुन्छ भने कतिलाई कम । जबकी कतिलाई सहने सक्ने पिडा हुन्छ । आज पनि धेरै मानिसहरुले यो मान्यता राख्छन् कि यस्ता कैफियत सेक्ससँग जोडिएका हुन्छन् ।

यसै कारण आज पनि कम लेखे पढेका मानिसहरुले विवाह पछि यस्तो समस्या हट्दै जान्छ भन्दै युवतीलाई सम्झाउने गर्छन् । तर आधुनिक विज्ञान र अनुसन्धानले महिनावारीको क्रममा हुने यस्ता परिवर्तनको सकारात्मक पक्षबारे खोजी गरेको छ ।

दिमागको थ्योरीः

नयाँ अनुसन्धान अनुसार महिनावारी पूरा भएपछि महिलामा विशेष प्रकारको जागरुकता बढ्ने गर्छ । महिनावारीको तीन हप्तापछि उनीहरुको संचार कौशल राम्रो हुन्छ । जुन कुरा मानिसहरु भन्न डराउँछन् ती कुरा उनीहरु खुल्ला रुपमा बताउने गर्छन् । जब महिनावारीको नयाँ चक्र सुरु हुन्छ उनीहरुको दिमागले तीब्र रुपमा काम गर्न सुरु गर्छ ।

पहिले मानिसहरुको यो मान्यता थियो कि महिनावारीको क्रममा महिलामा देखिएको परिवर्तन उनीहरुको पेटमा चलिरहेको उथलपुथलका कारण हुन्छ । जबकी नयाँ अनुसन्धान अनुसार  यो परिवर्तनको स्रोत अण्डाशय हो । ओएस्ट्रोजन र प्रोजेस्ट्रोन नामका दुई हर्मोन महिनाभरी भिन्न भिन्न मात्रामा निष्काशन भइरहन्छन् र पेटको वरिपरि एउटा पर्दाजस्तो बनाउँछन् । यही हर्मोनले अण्डा कहिले तयार गर्ने भन्नेबारे निर्णय गर्छ । यही हर्मोनले नै महिलाको स्वास्थ्य र व्यवहार दुबैमा असर पुर्याउँछ ।

महिनावारी चक्रमा सन् १९३० को दशकदेखि अनुसन्धान भइरहेको छ । वैज्ञानिकका लागि पनि यो रोचकको विषय बनेको छ । यसमार्फत महिलाको बायोलोजीबारे जानकारी पाउनुका साथै महिला, पुरुषको तुलनमा कति भिन्न छन् भन्ने जानकारीसमेत पाइएको छ ।

ब्रिटेनको डरहम युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मार्कस हसम्यान भन्छिन्, ‘वर्षौंसम्म यही मानिन्थ्यो कि महिला र पुरुष आफ्नो हर्मोनका कारण हरेक महिना यस्तो प्रकारको चक्रबाट गुज्रिने गर्छन् । महिला महिनावारी हुन्छन् र पुरुषमा टेस्टोस्टेरोनको स्तर बढ्ने घट्ने गर्छ । जबकी महिलाको दिमागले पुरुषभन्दा भिन्न काम गर्छ, उनीहरुको दिमागको थ्योरी पुरुषभन्दा राम्रो हुन्छ । यसै कारण उनीहरुको कुराकानी गर्ने क्षमता र सामाजिक कौशल पुरुषभन्दा उत्कृष्ट हुन्छ ।

पुरुषको तुलनामा नयाँ शब्द निकै छिटो याद गर्छन् महिलाः

शिकागो युनिभर्सिटीकी मनोवैज्ञानिक पाउलिन मकीका अनुसार पुरुषको तुलनामा महिलाको दिमागले कुनै पनि शब्दको हिज्जेलाई निकै छिटो याद गर्ने गर्छ । यतिमात्र होइन, महिलाहरु पुरुषभन्दा छिटोसमेत बोल्छन् त्यसकारण उनीहरुको दिमागमा पुरुषको भन्दा धेरै शब्द स्टोर हुन्छन् ।

यस्तो मानिन्छ कि – हज्जारौं वर्ष अघिदेखि महिला आफ्नो बच्चालाई राम्रो नराम्रोबीच फरक छुटाउने उपदेश दिइरहन्छन्, सायद यसकारण पनि महिलाको बोल्ने अभ्यास राम्रो भएको हो । तर के हर्मोनका कारण पनि यस्तो भएको हो, यो एउटा ठूलो प्रश्न हो ।

यही प्रश्नको जवाफ खोज्नका लागि मनोवैज्ञानिक पाउलिन मकीले बाल्टिमोरका जेरोन्टोलजी रिसर्च सेन्टरका केही अनुसन्धानकर्तासँग मिलेर एउटा शोध तयार पारेकी छिन् । महिलामा ओएस्ट्रोजनको बढ्दो घट्दो स्तरले हरेक महिना उनीहरुमाथि कस्तो र कति असर गर्छ भन्नेबारे यसमा पत्ता लगाउने कोशिश गरिएको थियो । यसका लागि उनले दुई तहमा अनुसन्धान सुरु गरे । यद्यपी, यो अनुसन्धानको स्याम्पल साइज सानो थियो । यसमा केवल १६ महिला मात्र सहभागी थिए । यी सबैको महिनावारी सुरु हुनु अघि र पछिको व्यवहारमाथि अनुसन्धान गरियो ।

अनुसन्धानको नतिजा चकित पार्ने किसिमको थियो । सबै सहभागी महिलामा जतिबेला फिमेल हर्मोनको स्तर उच्च मात्रामा थियो त्यतिबेला उनीहरुको पुरुषको तुलनामा स्मरण शक्ति कमजोर थियो । तर जब फिमेल हर्मोनको स्तर कम भयो तब उनीहरुको यो कमजोरी हट्यो । उनीहरुले पुरुषको तुलनामा नयाँ शब्द निकै छिटो याद गर्न थाले ।

आफ्नो अनुसन्धानको आधारमा मनोवैज्ञानिक मकी मान्छिन् कि महिलामा हरेक महिना हुने यो परिवर्तनको कारण ओएस्ट्रोजन हार्मेन हो ।

दिमागको दुबै हिस्सा निकै छिटो काम गर्छः

फिमेल हर्मोनले महिलाको दिमागको दुई हिस्सामाथि आफ्नो गहिरो असर पार्ने गर्छ । पहिलो हिस्सा हो हिप्पोकेम्पस जहाँ सबै प्रकारको याद स्टोर हुने गर्छ । हरेक महिना जब फिमेल हर्मोन रिलिज हुन्छ तब दिमागको यो हिस्सा ठूलो हुने गर्छ ।

दोस्रो हिस्सा हो एमिग्डाला । दिमागको यो हिस्साको सम्बन्ध मनोभाव र निर्णयसँग सम्बन्धित हुन्छ । हरेक महिना फिमेल हर्मोन रिलिज हुँदा महिलाको दिमागको यो हिस्साको प्रयोग गर्दै महिलाले कुनै पनि परिस्थितीलाई अरुको तुलनामा राम्रो तरिकाले हेर्ने गर्छन् । हरेक महिना बढ्ने ओएस्ट्रोजन हर्मोनका कारण महिला कुनै पनि प्रकारको डरलाई पहिले नै पत्ता लगाउन सक्छन् ।

वर्षौंसम्म अनुसन्धानकर्ताले यो मान्दै आएका छन् कि जब महिलामा ओभुलेशन हुन्छ तब उनीहरु स्वस्थ पुरुषसँग यौनसम्बन्धको इच्छा राख्छन् । तर हालैको अनुसन्धानले यसलाई अस्विकार गरेको छ ।

पुरुष र महिलाका दिमागको काम गर्ने तरिकामा पनि एउटा ठूलो भिन्नता छ । कुनै पनि काम गर्दा पुरुषको दिमागको एउटा हिस्साले काम गर्छ भने महिलाको दिमागको दुबै हिस्साले काम गर्ने गर्छ । दिमागको दायाँ र बायाँ हिस्साको काम गर्ने तरिकाको सम्बन्ध हातसँग हुन्छ । उदाहरणका लागि यदि कोही आफ्नो दायाँ हातको प्रयोग गर्छ भने भाषाको ज्ञान उसको दिमागको बायाँ हिस्सामा हुने गर्छ  । तर महिलाको दिमागको संरचना योभन्दा पनि भिन्न छ । त्यो के हो, त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

सन् २००२ मा गरिएको एक अनुसन्धान अनुसार जब महिलामा ओएस्ट्रोन र प्रोजेस्ट्रोन हार्मेन रिलिज हुन्छ तब उनीहरुको दिमागको दुबै हिस्साले तीब्र रुपमा काम गर्छ । यसले महिलाको सोच्ने क्षमतामा लचिलोपन आउने गर्छ र दिमागको दायाँ हिस्सा तीब्र रुपमा काम गर्न थाल्छ । जसको दिमागको दायाँ हिस्सा धेरै काम गर्छ, उनीहरु गणितको प्रश्न निकै तीब्र रुपमा हल गर्ने गर्छन् । शरिरमा हरेक महिना हुने परिवर्तनले दिमागको काम गर्ने तरिकामा असर पार्छ । महिलामा यो सकारात्मक परिवर्तन हो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *