Sajhamanch Archive

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा ‘सिफ्ट’ गर्नुअघि एण्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न मानेन ।

आफन्तले गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज करिब ८ किलोमटर टाढा विराट मेडिकल कलेज पुर्‍याए । तर अस्पतालले भर्ना लिन मानेन । ‘अवस्था गम्भीर भएकाले हतार–हतार गर्दै सुरुमा गोल्डेन लग्यौं । एण्टीजेन पोजेटिभ देखिएपछि गोल्डेनले फर्कायो,’ एम्बुलेन्स चालक राजा मियाले ‘विराटले पनि भर्ना गर्न मानेन, त्यहाँबाट कोशी अस्पताल लग्यौं ।’

कोशी अस्पताल पुर्‍याउँदा करिब साढे ४ बजेको थियो । तर एण्टीजेन पोजेटिभ केस भन्दै अस्पतालले आइसोलेसनमा राख्यो र पीसीआर परीक्षण नगरी उपचार शुरु नहुने बतायो । आफन्तले विरामीलाई लिएर नोबेल मेडिकल कलेज पुर्‍याए ।

कोशी अस्पताल लैजानु अघि सम्पर्क गर्दा म्याक्स अस्पतालमा सम्पर्क गरे, तर फोनमै विरामी नल्याउन भनियो । त्यसपछि नोबेल पुर्‍याए । तर एण्टीजेन पोजेटिभ भएको जानकारी पाएपछि नोबेल मेडिकल कलेजले पनि आईसीयू छैन भन्दै विरामीलाई फर्कायो । आफन्तले पुनः कोशी अस्पतालमा लगे । त्यसबेला बिहान ६ बजिसकेको थियो ।

आइसोलेसनमा राखेर उपचार शुरु गर्दैगर्दा महिलाको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *