Sajhamanch Archive

भद्रपुर कृषक समूहको नयाँ कार्य समिति चयन

Published: in विविधा by .

भद्रपुर । भद्रपुर कृषक समूहको दोस्रो साधारणसभाले भारतेन्दुकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सभाले उपाध्यक्षमा हुलासचन्द्र सरिया, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा टीका प्याकुरेल र सहसचिवमा पारसनाथ यादवलाई सर्वसम्मत निर्वाचित गरेको छ । सभाबाट कार्यसमितिमा निर्वाचित सदस्यहरुमा पुष्पराज पोखरेल, चण्डी पराजुली, प्रदिपमणि रेग्मी, यमबहादुर श्रेष्ठ, भूपाल घिमिरे, इन्द्रकान्त झा, बन्दना चापागाई र चन्द्रकला ढुङ्गाना आचार्य रहेका छन् ।

सभाले ओमप्रकाश सरावगी, मोहन पराजुली, राजेश्वर आचार्य, टीकाराज ढकाल, कमल शर्मा, राजेन्द्र चापागाई, अच्युत पोखरेललाई सल्लाहकारमा चयन गरेको छ ।

यसअघि भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले दोस्रो साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन समारोहमा नगर प्रमुख श्रेष्ठ, पूर्व सांसद पुष्पराज पोखरेल, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, नेपाल–भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणि रेग्मीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा समूहका सचिव भारतेन्दुकुमार मल्लिकले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *