Sajhamanch Archive

भद्रपुर नगरपालिका क्षेत्र भित्र सार्वजनिक शौचालय बन्ने

Published: in विविधा, स्थानीय तह by .

भद्रपुर । झापाको नगर भद्रपुर नगरपालिका भित्र सार्वजनिक शौचालय बन्ने भएको छ । रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा शौचालय बन्न लागेको हो ।

समाज तथा क्लवको १५ लाखको लागतमा अबको २ महिना भित्र सम्पन्न गरि सक्ने गरि शिलान्यास गरिएको छ ।

शौचालय निर्माणले जिल्ला भित्रबाट सरकारी सेवा लिन आउने लगायतका आम नागरिकलाई सेवा पुग्ने बताउदै शौचालय निर्माण कार्यका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष आदित्य पराजुलीले समाज सेवा क्लवको मुल दायित्व भएको उल्लेख गर्दै शौचालय निर्माण कार्य अवको २ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

उनले शौचालयमा ६ वटा वाथरुम र ४ वटा युरिन सहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने बताउँदै क्लबले निकट भविष्यमा भद्रपुर ८ स्थित सगरमाथा चोकमा क्लक टावर निर्माणको योेजना रहेको समेत जानकारी दिए । शौचालय निर्माण पश्चात सदरमुकाममा सेवा लिन आउने आम नागरिक लगायतलाई सहज हुने उनको धाराण थियो ।
पराजुलीको अध्यक्षता तथा सचिव ईश्वर अधिकारीको संचालनमा सम्पन्न शिलान्यास कार्यक्रमको स्वागत सहित औचित्यमाथी उध्योग वाणिज्य संघ प्रदेश न १ का अध्यक्ष तथा रोटरी क्लव भद्रपुरका पूर्व अध्यक्ष रोटरीयन टिकाराज ढकालले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा झापाली समाज अष्ट्रेलीयाकी महिला कोअर्डिनेटर सोनु पुडासैनी , भद्रपुर ८ का वार्ड अध्यक्ष गौरब सुब्बा मनोज लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष काजी खडका, ५ का अध्यक्ष वन्धु कार्कि, उध्योगी चण्डी पराजुली, नगरपालिकका इन्जिनियर योगेन्द्र रन्जितकार,झापाली समाज अष्ट्रेलीयाका सदश्य कर्ण राजवंशी लगायत रोटरीयन र रोट्याकहरुको उल्लेख्य उपस्थिती रहेको विगत ओझाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *