Sajhamanch Archive

इटहरीमा भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन लगत संकलन सुरु गरिने

Published: in समाज, स्थानीय तह by .

सुनसरीको इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ ।

इटहरीमा भोली वैशाख ९ गते देखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिदै छ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने छन । ठूला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी खटाइएको छ । वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सकिने छ ।

इटहरीमा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न नगरप्रमुख द्वारिकलाल चौधरीको संयोजकत्वमा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ । यसैगरि सवै वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ ।नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई कसरी सहज वनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ । वैठकमा भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरी अध्यक्ष खेमराज पोखरेलले वैठकमा उठेका प्रश्नहरुको जवाफ दिए ।

यसैगरि प्रत्येक वडामा गठित वडास्तरीय भूमी सम्वन्धी समस्या सहजिकरण समितिको वैठक बसी लगत संकलन कार्यलाई ब्यवस्थित र प्रभावकारी वनाउने विषयमा छलफल गरिएको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार लगत संकलनमा खटिने कर्मचारीहरुलाई तालिम दिइएको छ । सम्वन्धित वडाका जनप्रतिनिधि र वडा सचिवलाई लगत संकलनलाई प्रभावकारी वनाउने विषयमा सहजिकरण गरिसकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *