Sajhamanch Archive

बाह्रदशीमा बुढ्यौली चौतारोको निर्माण

Published: in राष्ट्रिय समाचार, समाज by .

बाह्रदशी । झापाको बाह्रदशी ३, राजगढमा निर्मित बुढ्यौली चौतारोको आज आइतबार उद्घाटन गरिएको छ ।

बाह्रदशी गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहायतामा २ लाखको लागतमा प्रतिभा टोलमा बुढ्यौली चौतारो निर्माण गरी उद्घाटन गरिएको हो ।

वडा कार्यालयको १ लाख ५० हजार रुपैयाँ तथा ५० हजार बराबरको स्थानीयको लागत तथा श्रमदानमा चौतारो बनाइएको समितिले जानकारी गराएको छ ।

समुदायका धरोहर जेष्ठ नागरिकहरुलाई लक्षित गरी स्थानीय श्रीप्रसाद भण्डारीले चौतारोको लागि बरपिपलको छहारीमा जग्गा दान गरेपछि चौतारो निर्माण गर्न सम्भव भएको हो ।

चौतारो निर्माण समितिका अध्यक्ष सीताराम भण्डारीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न उट्घाटन कार्यक्रममा १३ जना स्थानीय ज्येष्ठ नागरिकहरुलाई सम्मानित पनि गरिएको छ ।

प्रमुख अतिथि राजवंशीले गाउँपालिकाले महिलाका लागि सीपमुलक तालिम दिई व्यवसायिकता वृद्धि गर्न र उद्यमशिलता विकास गर्ने कार्यक्रमलाई प्रथमिकतामा राखी सहयोग गर्ने बताइन् ।

कार्यक्रममा ३ नं. वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले चौतारोलाई थप व्यवस्थित बनाउन आवश्यक आर्थिक सहयोग गर्ने बताए ।
निर्माण समितिका तर्फबाट अम्बिकाप्रसाद बरालले चौतारो निर्माणका विविध विषयमा जानकारी गराएको कार्यक्रमको सञ्चालन कुन्ता बराल भण्डारीले गरेकी थिइन् ।

थिरकुमार दाहालले सहभागीहरुलाई स्वागत गरेको कार्यक्रममा स्थानीय नबिन भण्डारीले उक्त चौतारो निर्माणको महत्त्व र औचित्य माथि प्रकाश पार्दै चौतारो निर्माण सुरुवात मात्र भएको र यस्तै साथ र सहयोग पाएको खण्डमा स्थानीय विकास तथा सीपको व्यवसायिकतामा समुदायले उदाहरणीय कार्यहरु गर्ने बताए ।

कार्यक्रममा प्रेम घिमिरे, रेनुका भुर्तेल र शान्ता खरेलले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *