कमल गाउँपालिकाले कोरोना भाइरस सक्रमितको व्यवस्थापनका लागि क्वारेन्टाइन र आइसोलेशन तयारी अवस्थामा राख्ने
Published:
by .कमल । झपाको कमल गाउँपालिकामा विहीबार कोरोना भाइरसको दोस्रो लहर चलेसँगै कोभिड १९ बाट हुन सक्ने संक्रमणलाई न्युनिकरण गर्नका लागी विभिन्न निर्णय गरेको छ ।
गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा बसेको बैठकले कोभिड १९ को संक्रमण बाट बच्नकालागी प्रचार प्रसार गर्ने, क्वारेन्टाइन र आईसोलेसनलाई तयारी अवस्थामा राख्ने, एन्टिजेन टेष्टको व्यवस्था मिलाउने निर्णय गरेको छ । दमक स्थित कोभिड अस्पताल निर्माणका लागी गाउँपालिकाले आर्थिक सहयोग रहेकाले कोभिड १९ का कारण जटिल अवस्थामा आएका विरामीलाई दमक अस्पतालमा उपचारको व्यवस्था मिलाउने , दोस्रो चरणको भ्यासिनलाई प्रभावकारी बनाउने , नेपाल रेडक्रस सोसाईटी कमल गाउँपालिका शाखाको समन्वयमा विद्यालयमा प्राथमिक उपचार बक्स (फस्टएड) वितरण गर्ने, लगायतका निर्णय भएको कमल गाउाँपलिका विपद् व्यवस्थापन समितिका फोकल पर्सन ईन्द्र अर्यालले जानकारी दिए ।
नेपाल सरकारले २०७८ साल बैशाख ६ गते राज पत्रमा प्रकाशित गरेका निर्णय कार्यान्वयन गर्नका लागी समितीले निर्णय गरेको छ । कारितास नेपालले कमल गाउँपालिकाको वडा नम्वर ३,४ र ५ मा हात्ती भगाउनका लागी उपलब्ध गराएको साईरन ६ थान, टर्च लाईट ९ थान समेत प्रदान गरिएको समितिले अनुमोदन गरेको छ ।
Comments