Sajhamanch Archive

कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा आगलागी, २३ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । इराकको एक कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा ठूलो आगलागी भएको छ । यस घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

राजधानी बग्दादमा शनिबार राति खतिब अस्पतालमा भएको आगलागीमा परेर अन्य दर्जनौं घाइते भएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले दुःखद दुर्घटनाको कारण खोल्न तत्काल अनुसन्धान गर्ने भनेका छन् । इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी सुरू भएको थियो ।

अहिलेसम्म आपत्कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन् । अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९ का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *