Sajhamanch Archive

यी नौं जिल्लामा १५ दिन निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं  । सरकारले काठमाडौं उपत्यकाका तीनसहित देशका नौं जिल्लामा १५ दिन निषेधाज्ञा जारी गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या दुई सय नाघेका पहाडका र पाँच सय नाघेका शहरका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जसअनुसार बिहीबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका शहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ । यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा गरिँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *