Sajhamanch Archive

प्रदेश सरकारद्वारा कोरोना रोकथाम अभियान सुरु

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाबाट बच्नकालागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिन् । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उनले बताइन् । मन्त्री राईले सामाजिक चेतनाका लागि कोरोना नियन्त्रणको अभियान थालिएका बताउँदै अभियानका विनामास्क हिड्नेहरुलाई मास्क लगाइदिएकी थिइन् ।

कार्यक्रममा प्रमुखजिल्ला अधिकारी कोशहरि निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोम राज थापा, स्काउट प्रदेश १ का संयोजक रविखनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो ।
सामाजिक विकास मन्त्रालयले मोरंग बाहेकका जिल्लाहरुम ापनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ ।
जनचेतना मुलक अभियान शुरुगर्नु पुर्व सामाजिक विकास मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गर्नु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *