वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना
Published: (Updated: )
by .हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
छैटौं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना
यस संस्थाको छैटौं वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने निश्चय भएकोले सम्पूर्ण प्रतिनिधिज्यूहरुलाई यस अघि नै सूचना र प्रतिनिधि परिचयपत्र पठाइसकिएको छ । कारणवस सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानी आ–आफ्नो प्रतिनिधि परिचयपत्र र प्रतिवेदनसहित उपस्थितिको लागि अनुरोध गरिन्छ ।
साधारण सभामा छलफल हुने विषयहरुः
- सञ्चालक समितिको तर्फबाट आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने ।
- आ.व. २०७४/०७५ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन उपर छलफल गरी अनुमोदन गर्ने ।
- आ.व. २०७४/०७५ को स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने ।
- आ.व. २०७४/०७५ को ऋण उपसमितिको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने ।
- संस्थाको आगामी आ.व. २०७५/०७६ को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी अनुमोदन गर्ने ।
- आ.व. २०७५/०७६ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
- संस्थाको संशोधित विभिन्न नीतिहरु उपर संसोधन तथा अनुमोदन गर्ने ।
- विविध
मिति: २०७५/०५/२२ गते बिहीबार
स्थान : अग्रसेन भवन, बिर्तामोड
समय : १०ः३० बजे
Comments