कमल गाउँपालिकालद्वारा सार्वजनिक सुनुवाई
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म कामको गाउँपालिकाले गरेको प्रगति सार्वजनिक गरेको हो । गाउँपालिकाको आयोजना र झापा युनेस्को संघको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
गाउँपालिकाको तर्फबाट चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म भएका प्रगतिको जानकारी गराउँदै नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रभावका बारेमा जानकारी गराइएको थियो । विधिको शासनमा रहेर कर्मचारीले नागरिकलाई सेवा प्रदान गरेको छ कि छैन । कर्मचारीले कामगर्दा कुनै त्रुटी गरेको छ भने त्यसलाई सच्याउदै नागरिकको अगाडी निर्धक्क उभिन सक्ने हैसियत बनाउन सबै कर्मचारीहरुलाई लाग्न प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सुझाएका थिए ।
हामीले कतिको प्रभावकारी रुपले काम गरेका छौं, हाम्रो कामबाट नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने बारेमा गाउँपालिका सचेत रहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले बताइन् । नागरिकका गुनासाहरु प्रत्यक्ष रुपमा सन्न र समस्याहरुको समाधानका लागि यस कार्यक्रमको अयोजना गरिएको समेत अध्यक्ष काफ्लेले बताइन् । कार्यक्रममा जिज्ञासाका रुपमा धेरैकुरा आएका छन् । यसलाई सुझाबका रुपमा लिएर आगामी दिनमा अगाडी बढ्ने अध्यक्ष काफ्लेको भनाई थियो ।
सार्वजनिक सुनवाई कार्यक्रमलाई झापा युनेस्को संघका तर्फबाट विजय तिम्सिनाले सहजीकरण गरेका थिए ।
Comments