Sajhamanch Archive

देशभरमा थप ४,८९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु,

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by .

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *